असोज ११ पोखरा । पोखरा ईञ्जिनियरिङ कलेज पिईसी को आयोजनामा शुक्रबार ‘आर्किटेचर शोधकार्य प्रर्दशनी–२०२३’ हुने भएको छ ।
कलेजबाट आर्किटेक्चर विषयको अध्ययन सम्पन्न गरेका पहिलो ब्याचका विद्यार्थीहरुद्वारा गरिएका दुई दर्जन बढी शोधकार्य (Thesis Works) को सृजनालाई सार्वजनिक गर्दै प्रर्दशन गरिने भएको हो । विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले शुक्रबार पोखरा–६ हल्लनचोकमा प्रर्दशनी गर्न लागिएको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।
प्रदर्शनीमा दुई दर्जन बढी विभिन्न शोधकार्य तथा आर्किटेक्चर डिजाइनका मोडेलहरु समेत रहने कलेजका प्रिन्सिपल ई. सोम गुरुङले बताए । प्रर्दशनीबाट यस विषयसँग सम्बन्धित विद्यार्थी, व्यवसायि, संघसंस्था, समुदाय, सरकारी कार्यालय लगायत लाभान्वित हुने आफुहरुको विश्वास रहेको उनले बताए ।
यसका साथै प्रर्दशनीले भवन तथा शहरी विकासको अवधारणामा केहि नयाँ आयाम थप्ने बताउँदै उनले भने, ‘प्रर्दशनीले नवआगन्तुक विधार्थीहरु लगायत आर्किटेक्चर पेशाकर्मीहरुलाई रचनात्मक तथा कलात्मक डिजाइन गर्न प्रेरित गर्ने छ भन्ने हाम्रो विश्वास छ । यसले समुदाय र आर्किटेक्चर पेशाकर्मी बिचमा संवाद र अन्तरक्रिया मार्फत समाजको मूल्य मान्यता र बस्तुपरक डिजाइन स्थापित गर्न टेवा पु¥याउ छ । ’
बिहान १० बजेबाट शुरु हुने प्रर्दशनीको अवलोकनका लागि सम्पूर्ण सरोकारवाला तथा यस क्षेत्रमा चासो राख्ने विद्यार्थी अभिभावक लगायत सबैमा कलेजले अनुरोध गरेको छ । गण्डकी प्रदेशमा नै पहिलो पटक सन् २०१७ बाट पोखरा ईञ्जियरिङ क्याम्पसमा आर्किटेक्चर विषयको अध्यापन शूरु भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







