पोखरा । पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन भएको छ । ७६ बर्षिय श्रेष्ठको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ४ः२७ बजे निधन भएको हो ।
केही समयअघि मानसरोवर भ्रमणमा गएका श्रेष्ठ बाटोमै बिरामी परेपछि चीनमा उपचार गराएर पोखरा फर्किएका थिए । फेरि समस्या भएपछि काठमाडौं हुँदै नयाँ दिल्ली लगिएको थियो । उपचारकै क्रममा श्रेष्ठको निधन भए पछि हिजो अपरान्ह मात्र पोखरा ल्याईएको थियो । उहांलाई मुटुसम्बन्धी समस्या रहेको केदारेश्वर मन्दिर सेवाश्रम समितिका सचिव खिमबहादुर पहारीले बताए ।
श्रेष्ठ पूर्वी नेपालको भोजपुरको दावाबाट पर्यटन प्रबर्द्दन परियोजनाकालागि पोखरा आएका थिए ।
लेकसाइडको बेसक्याम्प रिसोर्ट (हाल लेकसाइड रिट्रिट) का संचालक श्रेष्ठ पूर्व प्र.अ., धार्मिक अभियन्ता, समाजसेवी र इतिहासका जानकार थिए । विश्व हिन्दू महासंघ नेपालका पूर्व सचिव उहां केदारेश्वर मन्दिर सेवाश्रम समितिका पूर्व वरिष्ठ उपाध्यक्ष एवं हालका सल्लाहकार थिए । श्रेष्ठको श्रीमती तुमला श्रेष्ठसहित २ छोरा र १ छोरी छन् ।
स्वर्गिय श्रेष्ठको आज (शनिवार) बिहान ९ बजे निवासबाट शवयात्रा गरि रामघाट (नयांबजार) मा दाह संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







