पोखरा-१७ ड्यामसाईड नजिकैको सडक ओभरलोड टिप्परका कारण भत्कियो


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८० मा प्रकाशित




पोखरा, असोज १६

पोखराको पार्दीस्थित पुल नजिकैको बाटो भासिएको छ । बालुवा बोकेको ग.१ ख.४३६३ नम्बरको टिप्पर पुल क्रस गरेर अगाडि बढ्ने क्रममा सडक भत्किएको हो । ओभरलोडका कारण सडक भासिएको स्थानियको भनाई छ ।

तितेपानीहुँदै शान्ति स्तुप निस्किने उक्त सडक जिर्ण अवस्थामा थियो । मर्मत सम्भारको प्रक्रियामा रहेको उक्त सडकमा ठूला सवारी साधन तथा सामान बोकेका गाडीहरु चलाउन निशेध गरिएको थियो । तर मंगलबार भने भवन निर्माणका लागि बालुवा बोकेको टिप्पर जाँदा सडक भासिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बरिष्ठ सई शिव पाठकले जानकारी दिए ।

भासिएको सडकमा फसेको टिप्परलाई ट्राफिकको सहयोगमा निकाल्ने प्रयास भइरहेको छ । भासिएको सडक भने वडाले पुर्ने प्रतिबद्धता जनाएको बरिष्ठ सई पाठकले बताए ।

सडक भासिएसँगै उक्त सडकमा साना तथा ठूला सबै सवारी साधन आवागमन रोकिएको छ । तर पैदल यात्रु भने आवतजावत गर्न मिल्ने बरिष्ठ सई पाठकले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।