दिगो शिक्षण सिकाइका लागि विद्यार्थी, शिक्षक र अभिभावकबिचको त्रिकोणात्मक सम्बन्धलाई ध्यानमा राखी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघारको शिक्षक -अभिभावक अन्तरक्रिया शनिबार एक समारोहबिच विद्यालय प्राङ्गणमा सम्पन्न भएको छ।
यसरी विद्यालयमा प्रत्यक्ष उपस्थित भएर आफ्ना बाबुनानीहरूको आचरण तथा शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गर्न पाउँदा निकै खुसी लागेको कुरा उपस्थित अभिभावकहरूले बताएका छन । यसका साथै विद्यार्थी तथा बाबुनानीहरूलाई बौद्धिक एवम् चरित्रवान् बनाउनका लागि शिक्षक र अभिभावकले खेल्नुपर्ने असल भूमिका तथा शिक्षक र विद्यालय प्रशासनबाट बाबुनानीहरूलाई व्यक्तिगत हेरचाह गरेको विषयका बारेमा थाहा पाउँदा अभिभावकहरूले विद्यालय प्रशासनप्रति आभार व्यक्त गरेका थिए।
पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न उक्त कार्यक्रममा पहिलो चरण कक्षाशिक्षक र विषयगत शिक्षकहरूले सहजीकरण गर्नुभएको थियो भने दोस्रो चरण विद्यालय प्रशासनका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एकेडेमिक डीन प्रेमनारायण पोख्रेलले सहजीकरण गगरेका थिए । यस अवसरमा उनले कक्षा एघार र बाह्रका उमेर समूहका विद्यार्थीमा दखिने समस्या र त्यसको समाधान, खुसी रहने उपाय, समूहकार्य, प्रविधिको सही प्रयोग, कसरी महान् मानिस बनाउन सकिन्छ ?, स्वस्थ्य खानेकुरा, जीवनमा गर्नुपर्ने सङ्घर्ष आदि जस्ता विषयका बारेमा स्पष्ट पारेका थिए।
दस जोड दुईका इन्चार्ज नारायण आचार्यको सभापतित्वमा सम्पन्न शनिबारको कार्यक्रम दस जोड दुई अन्तर्गत व्यवस्थापन तथा विज्ञान समूहका संयोजकद्वय इन्द्रप्रसाद पौडेल र एल.बी. गुरुङले सञ्चालन गरेका थिए भने कार्यक्रममा अभिभावकहरू केशव गिरी, गङ्गाधर बराल, तारानाथ आचार्य, सीमा गुुरुङ, बुद्धिबहादुर वस्नेत, अनुजा सुनार, दुर्गाप्रसाद अधिकारी र विद्यालयका तर्फबाट शिक्षक डा. टेकनारायण पौडेल, दस जोड दुईका इन्चार्ज नारायण आचार्य, विद्यालयका प्राचार्य नारायण बराललगायतले बोलेका थिए ।
नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयले हरेक वर्ष शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष हरेक हप्ताका दरले कक्षा नर्सरीदेखि बाह्रसम्मका सम्पूर्ण अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको कुरा विद्यालय स्रोतले जानकारी दिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







