तस्विर : रोहितराज पराजुलीको फेसबुकबाट
असोज २३ पोखरा । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा पोखराको सिम्पानीमा दीप प्रज्जवलन गरिएको छ ।
मंगलबार साँझ त्रि–शक्ति समाज सेवा क्लव, पोखरा १ सिम्पानीको आयोजनामा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झना गर्दै दीप प्रज्जवलन गरिएको हो ।
हमासले शनिबार गरेको आक्रमणमा परि ज्यान गुमाएका नेपालीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पोखरा १ स्थित सिम्पानीचोकमा मंगलबार साँझ दीप प्रज्जवलन गरिएको क्लवले जनाएको छ ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धार र स्वदेश फर्काउन पहल गरिरहेको छ ।
क्लवले इजरायल युद्धमा फसेका नेपालीहरुको उद्धारका लागि सरकारलाई आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







