पोखरा, असोज २७
ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरामा दीप प्रज्वलन गरिएको छ । ईजराईलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पृथ्वी होटल व्यवसायी समितिले पृथ्वीचोकमा दीप प्रज्वलन गरेको हो ।

हमासको आक्रमणमा परेर ईजराईलमा काम गर्न गएका १० जना नेपालीको ज्यान गएको थियो । अन्य केहि घाइते भएको नेपाल सरकारले जनाएको छ । घाईते मध्ये केहि स्वदेश फर्किसकेका छन् भने गम्भीर घाईते केहिको ईजराईलमै उपचार भइरहेको छ । नेपाल सरकारले केहि दिनअघि विमान चार्टर गरेर ईजराईलमा रहेका २५४ जना नेपालीको उद्दार गरेको थियो ।
ईजराईल आक्रमणमा परेर ज्यान गुमाएकाहरुको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अमृत घिमिरेले जानकारी दिए । दीप प्रज्वलनमा समितिका पदाधिकारी, निवर्तमान तथा पूर्व अध्यक्षहरु, कार्य समिति सदस्यहरु तथा साधारण सदस्यहरु सहभागि भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







