असोज २७ पोखरा । सहरी विकासमन्त्री सीता गुरुङले देशलाई समृद्ध बनाउन वर्तमान गठबन्धन सरकार लागिपरेको बताएकी छन् । आज पोखरामा आयोजित तमु धिं नेपालको ३९औँ वार्षिक साधारणसभा तथा १६औँ महाधिवेशनको उद्घाटनपछि मन्त्री गुरुङले गठबन्धन सरकार मुलुकका सबै क्षेत्रमा समानरुपले पूर्वाधार विकासमा लागेको बताइन् ।
गुरुङहरूको भाषा, कला, साहित्य संस्कृति बचाउनका लागि गुरुङ युवाहरू नेपालमै बस्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता रहेको मन्त्री गुरुङको भनाइ थियो । “युवाहरूको उत्साह र ऊर्जालाई एकसाथ समेटेर लैजान सकेनौँ भने देशले आर्थिक, सामाजिक र भौतिक फड्को मार्न सक्दैन”, मन्त्री गुरुङले भनिन्, “गुरुङको कला, भाषा, संस्कार, संस्कृतिहरूको पुस्तान्तरणका लागि युवाको साथ जरुरी छ ।”
तमु धिं नेपाल, तमु ह्युला छोंज धिं गुरुङ राष्ट्रिय परिषद्, तमु प्हे ल्हु सङ्घजस्ता छरिएर रहेका गुरुङको संस्थालाई एकजुट भएर अगाडि बढ्न पनि मन्त्री गुरुङले सुझाव दिइन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, प्रदेशसभा सदस्यद्वय सरस्वती गुरुङ र बेदबहादुर गुरुङले गुरुङ सङ्घसंस्थाको एकतामा जोड दिएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







