पोखरा । पोखरा–१९ घार्मीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले विभिन्न क्ष्ोत्रका व्यक्तिलाई सम्मान गर्ने भएको छ ।
बडादशैंको अवसर पारेर विद्यालयले महेन्द्र मा.विमा अध्ययन गरी डाक्टर तथा ईन्जिनियरिङ क्षेत्रमा विज्ञता हासिल गरेका तथा साविकको लामाचौर गा.वि.स वडा नं. ७,८,९ र अर्मला–३, का डाक्टर तथा ईन्जिनियरिङ क्षेत्रका विज्ञलाई सम्मान गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेलले जानकारी दिए ।
यही असोज ५ गते अष्टमीको दिन संघीय संसदका सदस्य दामोदर वैरागीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिन लागेको वताईएको छ ।
सोही दिन वडादशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान समेत गरिने छ । वि.सं २०५२ सालमा पहिलो पटक त्यहाँ अध्ययनरत विद्यार्थी प्रवेशिका परिक्षामा सहभागी भई सत प्रतिशत नतिजा प्राप्त गरेको र हालसम्म पनि विद्यालयको नतिजा उत्कृष्ट रहेको प्रधानाध्यापक वासुदेव पौडेलले बताए ।
वि.सं २०४७ सालमा एमाजी कल्चरल फाउण्डेसन जापानको सहयोग र शिक्षासेवी तोयनाथ पौडेलको सक्रियतामा स्थापना भएको उक्त विद्यालयमा अध्ययन गरेका अधिकांस विद्यार्थी सरकारी तथा निजी क्ष्ोत्रको उच्च निकायमा कार्यरत छन् ।
पहिलो चरणमा यो कार्यक्रम सम्पन्न गरेपछि आगामी वर्ष कार्यालय प्रमुख तथा सरकारी सेवाका अधिकृतलाई सम्मान गरिने पौडेलले बताए । सम्मान कार्यक्रमको तयारी शुरु गरिएको र विभिन्न व्यक्तिसँग समन्वय भैरहेको वताईएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







