नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीमा शुभकामना आदान – प्रदान


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०८० मा प्रकाशित




कार्तिक २ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले विजया दशमी, नेपाल सम्मत, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनले बिहिबार पोखरामा नजिकिँदै गरेका चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

संगठनका अध्यक्ष रोमहर्षण पौडेलको अध्यक्षता भएको कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सचिव रामप्रसाद पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले नजिकँदै गरेका चाडपर्वको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ बलियो र सुदु्रढिकरण गर्न सबै शिक्षकहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

सोही अवसरमा संगठनको १५ औं पूर्ण जिल्ला बैठकसमेत बसेको अध्यक्ष पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।