पोखरा । पोखरामा सवारी दुर्घटनामा घाईते भएका सुक्रराज श्रेष्ठको मृत्यु भएको छ । हिजो साँझ पोखरा-२५ फुर्केटारी चोकमा दुर्घटनामा परेका ३० वर्षका श्रेष्ठको उपचारका क्रममा मनिपाल शिक्षण हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ग १६ प २९१ र बागमती प्रदेश ०२-०१६ प ७०८४ नं. को मोटरसाईकल विच एकआफसमा जुधेर दुर्घटना भएको थियो । ग १६ प २९१ नं. को मोटरसाईकलमा सवार जिल्ला गोरखा पालुङटार घर भएको श्रेष्ठलाई उपचारको लागी मणिपाल शिक्षण अस्पतालमा पठाइएको थियो ।
बागमती प्रदेश ०२-०१६ प ७०८४ नं. को मोटरसाईकल चालक र सोही मोटरसाईकल मा पछाडी सवार व्यक्तिको उपचार पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।
दुवै मोटरसाईकल नियन्त्रणमा लिई दुर्घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







