व्याडमिन्टनमा गोविन्द थापा र वम गुरुङको जोडी प्रथम


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०८० मा प्रकाशित




पोखरा । आधीखोला तमु समाज रामवजार पोखराद्घारा आयोजित डवल्स पुरुष व्याडमिन्टन प्रतियोगिताको उपाधि गोविन्द थापा सिञ्जाली र वम गुरुङको जोडीले जितेको छ ।

फाइनलमा रोज राना र मुक्तिमान गुरुङको जोडीलाई २–१ सेटले पराजीत गर्दै थापाको जोडी विजेता बनेको हो । विजेतालाई नगद रु.१६ हजार साथै ट्रफी र उपविजेतालाई नगद रु.१० हजार र ट्रफी सहित पुरस्कृत गरीएको खेल संयोजक लिल गुरुङले जानकारी दिए ।

गत वुधवार देखि सन्चालन भएको प्रतियोगितामा कुल १८ टीम सहभागी थिए । विजेताहरुलाई आधीखोला तमु समाजका उपाध्यक्ष लिल वहादुर गुरुङ ,समाजसेवीहरु सु।धन वहादुर गुरुङ, कुमार गुरुङ ,राम कार्की ,सु।महेश कुमार थापा ,भुमिश्वर राना लगायतकाले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।