पोखरा । पोखरामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण जारी रहेको छ । पोखरा महानगरपालिका भित्रका प्रत्येक वडाका एक एक जना गरि ३३ जना शिक्षकलाई उक्त प्रशिक्षण दिन विहीबारदेखि सुरु गरिएको हो ।

विहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रम पोखरा मन्टेश्वरीका निर्देशक मिलन केसि र गण्डकी बोर्डिङ स्कुलका लक्ष्मि शर्माले प्रशिक्षण गरिरहेका छन्।
सोही अवसरमा प्रमुख अतिथी आचार्यले तालिममा सिकेका ज्ञानहरु भरपुर रुपमा व्यवहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । महानगरका शिक्षा महाशाखा प्रमुख हेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महाशाखाका अधिकृत कृष्ण भण्डारीले गरेका थिए ।
तालिम एक हप्तासम्म सञ्चालन हुने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







