कोशीका मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रिद्वारा आजै शपथ ग्रहण


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०८० मा प्रकाशित




कार्तिक १७ मोरङ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेशप्रसाद उप्रेती र कमलप्रसाद जवेगुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम उनीहरूलाई प्रदेश प्रमुखले बिना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री उप्रेति नेकपा (माओवादी केन्द्र) र जवेगु नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य हुन् ।
गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २८ गते एमालेबाट राम रानामगर र नेपाली कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

योसँगै कार्की नेतृत्वको मन्त्रिमण्डल पाँच सदस्यीय बनेको छ । कार्की नेपाली कांग्रेसबाट बिद्रोह गरेर नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।