कात्तिक १७ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गरेका छन् ।
अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा हार्दिक बधाई ज्ञापन गरेकी छन् । उनले सामाजिक सञ्जाल एक्समा नेपालको यो ऐतिहासिक सफलताले समग्र खेल थप उत्साहित हुनका साथै यसले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गर्दै नेपाली क्रिकेटको थप सफलताको कामना गरेकी हुन् ।
आज मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई नेपालले आठ विकेटले पराजित गर्दै विश्वकपमा छनोट भएको हो । सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी टी–२० विश्वकपमा नेपालले प्रतिस्पर्धा गर्नेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







