कार्तिक २० पोखरा । सभ्य समाज निर्माणका साथै महिला नेतृत्व विकासमा अग्रहणी भूमिका खेल्दै आएको जागरण आमा समुहले कार्यालय भवन निर्माण सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका वडा नं.१७ महतगौडास्थित भित्री पाटनको सार्वजनिक जग्गामा लगभग १५ लाखको लागतमा उक्त ट्रष्ट भवन निर्माण गरिएको हो ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले समुहको दशौ वार्षिक साधारण सभा एवम् पाँचौ अधिवेशनका आवसरमा आज एक समारोहका बीच नवनिर्मित भवनको उद्घाटन गर्दै हक अधिकार सुनिश्चितताका लागि आमा समुह संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
आमा समुहका प्रत्येक गतिविधिमा वडा कार्यालयको तर्पmबाट सक्दो सहयोग गर्ने बताउँदै उनले भने,“अवका आमाहरु उत्पादनसग जोडिनु पर्ने आवश्यकता औल्याए ।
चोरको विगविगी बढेको यो क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी विट स्थापना गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले त्यसका लागि आवश्यक जग्गाको खाँचो औल्याए ।
चोरको विगविगी भएपछि सो क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा रातिको समयमा गस्ति बस्दै आएको जनकल्याण टोल विकास संस्थाका अध्यक्ष इन्दिरा भण्डारीले जानकारी दिए ।
कार्यक्रममा समुहको भवन निर्माणमा सहयोग गर्नु हुने दाता, समाजका जेष्ठनागरिक लगायत आमा समुहको उन्नयनका लागि निरन्तर लाग्नु हुने समाजसेवी, शिक्षा प्रेमी, संस्कृति कर्मीलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।
समुहका अध्यक्ष शोभा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य शिवराम भण्डारी, जानकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुरू, सितापाईला ढुङगेसाँघु आमा समुहका अध्यक्ष सिता काप्mले, सिद्धेश्वर वहुदेश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष शंकरराज भण्डारी, ढुङ्केसाघु वचत तथा ऋण सहकारीका अध्यक्ष नेत्रप्रसाद भण्डारी लगायतले आमा समुहको आवश्यकता र यसले गर्दै आएका कृयाकलापका बारेमा चर्चा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







