पोखरा । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा काठमाडौंबाट पोखरा भ्रमणमा आएको निसर्ग वाटीका विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले अवलोकन भ्रमण तथा अन्तर्क्रिया गरेका छन् ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले शिक्षकसहितको निसर्गका विद्यार्थीलाई स्वागत गर्दै कुमुदिनीको शैक्षिक तथा सांस्कृतिक, प्राकृतिक हरियाली, वोटानिकल गाडर्ने, मिनि जु, म्युजियम, भवन निर्माणमा भक्तपुरे आर्टिटेक्चरको प्रयोग, २/३ सय वर्ष पूराना झ्यालहरु र शैक्षिक सफलताका विविध विषयहरुमा जानकारी दिए ।
“रविभवनमा रहेको निसर्ग वाटिका विद्यालयको टोली हरेक वर्ष पोखरामा आएर हाम्रो विद्यालयमा शैक्षिक अन्र्तक्रिया गर्ने र एक अर्कासंगका शैक्षिक तथा अतिरिक्त सिपहरुहरुका बारेमा छलफल गर्ने क्रमले यो वर्ष पनि निरन्तरता पाएको छ”, पालिखेले बताए ।
पालिखेले भने, हामीले शिक्षाका साथमा यहाँ दिईएका सुविधाहरु, आर्ट म्युजियम, वोटानिक गार्डेन, हरियाली वातावरण, नेवा आर्टिटेक्चरमा बनाइएको निर्माण, पूरातात्वीक झझल्को दिने झ्यालहरु लगायतका विषयहरु पोखराबाहिर चर्चाको विषय भएको बताए । यही कारण नै काठमाडौं उपत्यका वा अन्य स्थानबाट भिजिटरहरु विद्यालयमा आउने गरेका छन् ।
निसर्ग वाटिकाकी माध्यमिक शिक्षा इन्चार्ज निसा सुवेदीले कुमुदिनीको निर्माण सांस्कृतिक, मौलिक, पूरातात्वीक, सम्पदायुक्त भएको बताईन् । निकै राम्रो लागेको छ । उनले भनिन्, त्यसैले त हरेक वर्ष हामीले पोखरामा आएर कुमुदिनीका विद्यार्थीसंग शैक्षिक छलफल र सिपयुक्त विषयका बारेमा कुराहरु आदानप्रदान गर्ने गरेका छौं ।
यसअघि सहभागिलाई कुमुदिनी होम्सकी कक्षा १० की विद्यार्थी मनिषा भण्डारीले निसर्ग वाटीकाका विद्यार्थी तथा शिक्षकहरुलाई स्वागत गर्दै कुमुदिनी होम्सको शैक्षिक गतिविधिका बारेमा जानकारी दिएकी थिईन् ।
कार्यक्रममा निसर्गका कक्षा ९ का विद्यार्थीले नेवारी संस्कृति, भेषभुषा तथा खानाका परिकारका बारेमा जानकारी गराए । उनीहरुले योमरी, समय वजि, छोयला, कचिला, आलु साँधेको, बारा क्वाँटीका बारेमा जानकारी दिए । साथै ऐतिहासिक तथा पर्यटकीय नगरी भक्तपुरका चाडपर्व, कला, संस्ककृतिका बारेमा जानकारी दिएका थिए ।
अध्यक्ष पालिखेले कुमुदिनीलाई महत्व दिएर विद्यालयको अवलोक तथा विद्यार्थीसंग शैक्षिक अन्र्तक्रियामा कुराहरु साटफेर गरेकोमा आभार व्यक्त गरे ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







