कार्तिक २१ पोखरा । सहारा युकेले भूकम्पपीडितलाई १ लाख सहयोग गर्ने भएको छ । यू.केले जाजरकोट भुकम्पबाट क्षेती पुगेको जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भुकम्प पीडितहरुलाई एक लाख सहयोग गर्ने निर्णण गरेको हो ।
संस्थाका अध्यक्ष रि.ले. कुसाङ गुरुङको अध्यक्षतामा बसेको बैठकले यही १८ नोभेम्बरमा लन्डनको एम्पाएर हल अल्डरसटमा च्यारिटी डिनर नाइट गर्ने निर्णयपनि गरेको छ । सहारा युकेले खेलकुद, शिक्षा, स्वास्थ्य र च्यारिटी सहयोग लगायत कार्यक्रममा आर्थिक मजबुत हुनुपर्ने जनाउँदै च्यारिटी डिनर नाइटलाई निरन्तरता दिएको अध्यक्ष गुरुङले बताए ।
यस्तै, सहारा क्लब पोखराको रजत महोत्सव अवसरमा सम्मानित सहारा युकेका प्रमुख सल्लाहकार महेश गुरुङ र एनआरएन युके अध्यक्षमा निर्वाचित सहारा युकेका सल्लाहकार हितकाजी गुरुङलाई सम्मान गरेको छ ।
च्यारिटी नाइटमा सहारा युकेमा रहेर उत्कृष्ट काम गर्ने २ जनालाई सहारा अवार्ड प्रदान गरिने छ । सहारा युकेको सातौं कार्यसमितिको २ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा अध्यक्ष गुरुङले सबैलाई धन्यवाद दिए ।
उनका अनुसार आगामी १६ डिसेम्बरमा महाधिवेशन हुनेछ । आठौं कार्यसमिति चयनका लागि सल्लाहकार एवं संस्थापक एफसी चेयरमेन हरिकुमार श्रेष्ठ संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।
सदस्यमा सल्लाहकार कमल गुरुङ र सल्लाहकार ज्ञाम गुरुङ छन् । पर्यवेक्षकमा संस्थापक अध्यक्ष नवीन गुरुङ, पूर्व अध्यक्ष दिलीप गुरुङ एमबिई, पूर्व अध्यक्ष मीन गुरुङ र निवर्तमान अध्यक्ष कुमार गुरुङ छन् ।
बैठकमा स्वागत उपाध्यक्ष कृष्ण गुरुङ र सञ्चालन महासचिव मनोज गुरुङले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







