‘सुदर्शन कपिला सिरपा’ नेवाः खलः कास्कीलाई प्रदान गरिने


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८० मा प्रकाशित




पोखरा । नेपाल संवत ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवा खलः कास्कीलाई सम्मान गरिने भएको छ ।

नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशक बढीदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले आज पोखरामा नेवा खल कास्कीका सदस्य तथा सल्लाहकारहरुलाई जानकारी गराएको हो । आगामी फागुन पहिलो साता कोशी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आथित्यमा भव्य समारोहकाविच पुरस्कार तथा सम्मान अर्पण गरिने पुचः का अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए । सम्मानको राशी नगद रु. २ लाख रहेको छ ।

उक्त दिनमा नेवा खलः कास्कीलाई पुरस्कारसहित सुशोभन, सम्मान र सांस्कृतिक स्मारिका समेत विमोचन गरिने झी पुचः ले जनाएको छ । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले यो सम्मानले नेवा समुदायमा अझ धेरै भाईचारा बढ्ने बताए । उनले संस्कृति संरक्षण र प्रवर्दनमा यसले ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना वि.सं. २०७६ (नेपाल संवत् ११४०)मा झी पुच का संरक्षक एवं समाजसेवी विराटनगर १० का सुर्दशनबहादुर श्रेष्ठ तथा उनका परिवारले स्थापना गरेका हुन् । यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जर्गेना गर्ने संस्था वा व्यक्तिलाई झी पुचः मार्फत प्रत्येक २/२ वर्षमा कदर स्वरुप प्रदान गरिँदै आएको छ ।

सो सम्मानबाट हालसम्म संस्कृतिविद सत्यमोहन जोशी (२०७६), सिक्कीम नेवा गुठी (२०७८) सम्मानित भइसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।