माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा २ जनाको मृत्यू


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८० मा प्रकाशित




पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर–२९ पटनेरीस्थित खेतमा पानी लैजान बनाइएको कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई जनाको मृत्यू भएको हो ।

मृत्यू हुनेहरुमा मुस्ताङ घर भई पोखरा–२९ पटनेरी डेरा गरेर बस्ने ४६ वर्षिय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षिया सावित्री सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रममा अपराह्न ४ बजे करेन्ट लागेर दुबैजना घाईते भएका थिए । घाईते दुबैलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगेपनि उपचारको क्रममा चिकित्सकले साँझ ५ः२३ मा मृतक घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

मृतक दुबैको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको शव गृहमा राखिएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।