कास्की । पोखरामा अन्तर्राष्ट्रिय टेनिस महासङ्घ(आइटिएफ)जे–३० टेनिस प्रतियोगिता सुरु भएको छ । पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सुरु प्रतियोगिता दुई सातासम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले उद्घाटन गरेका छन्। टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालनपछि आजदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता छ ।
महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा पुरुषतर्फ नेपालसहित आठ देशका खेलाडी सहभागी छन् । नेपालबाट १०, भारतबाट ४४, जापानका चार, अमेरिकाका दुई तथा रसिया, क्यानडा, चीन र श्रीलङ्काबाट एक÷एक जना जना खेलाडीले भाग लिएका छन् ।
यसैगरी महिलातर्फ नेपालबाट सात, भारतबाट ३०, जापान, थाइल्याण्ड, अमेरिका, नर्वे, काजकिस्तानलगायतका देशबाट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा खेलाडीले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् ।
खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ । विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइन लिस्टले नौ, क्वाटरफाइन लिस्टले पाँच र अन्तिम १६ मा पुग्नेले आइटिएफकोे दुई अङ्क पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका नं १ टेनिस खेलाडी प्रदीप खड्का र नेहाल जङ्ग थापालाई सम्मान गरिएको थियो । खड्का र थापाले हालै काठमाडौँमा सम्पन्न गणेशमानसिंह राष्ट्रिय टेनिसका डवल्सतर्फका स्वर्णपदक विजेता हुन् । खड्काले एकलतर्फसमेत उपाधि जितेका थिए।
कार्यक्रममा मन्त्री सिंखडाले प्रतियोगिता पोखराको खेल पर्यटन प्रवद्र्धनमा सहयोगी हुने बताए । उनले टेनिस खेल विकासका लागि पूर्वाधार निर्माण र खेलाडीको सुविधाका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।
मन्त्री सिंखडाले भने, “प्रदेश सरकार खेलकुद विकासका लागि योजनाबद्ध अघि बढेको छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउँदै अघि बढ्नु आवश्यक छ । खेल क्षेत्रका विसङ्गति हटाउन सबैको सहयोग र साथ आवश्यक हुन्छ ।”रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







