लायन्स क्लब अफ पोखरा मिड टाउनद्धारा रक्तदान, ४१ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित




पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले शुक्रबार पोखराको मानव अधिकार चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ ।

लायन्स क्लब अफ पोखरा मिड टाउन वर्ष २३ /२४ का अध्यक्ष बिकास भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रमा पहिलो रक्तदाताको रुपमा टुकाराम लामिछानेलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारभ गरिएको क्लबका ब्लड डोनेशन चिफ ठाकुर प्रसाद अधिकारी जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फस्ट भाइस डिष्ट्रिक्ट गर्भनर चण्डी प्रसाद अर्यालले जीवन बचाउने अभियानमा सहभागि हुन आग्रह गरे । उनले बडादशैं, तिहार र छठ पर्वका कारण अन्य संघसंस्थाले नियमित रक्तदान नगर्दा पोखरामा रगतको अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको प्रति क्लबलाई समेत धन्यवाद ज्ञापन गरे ।
‘रक्तदान महादान’ भन्ने मन्त्रलाई आत्मसाथ गर्दै लायन्स क्लब अफ पोखरा मिड टाउन र रक्त सञ्चार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको रिजन चियरपर्सन कोपिल श्रीस मगरले बताइन ।

बिभिन्न संघसस्थाका ब्यक्ति, डिष्ट्रिक्टका सिनियर लिडरहरूको साथै क्लवका बिभिन्न पदाधिकारी तथा सदस्यहरू लगायतको उपस्थिती रहेकोे कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ पोखरा मिड टाउनका कोषाध्यक्ष मनोज केसिले बताए ।

उक्त कार्यक्रमको संचालन लायन्स क्लब अफ पोखरा मिड टाउनका सचिव प्रशिष थापा र सदस्य नविन श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।