आईटिएफ तेक्वान्दोका महासचिव थापा अमेरिका प्रस्थान


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित




मंसिर १९ पोखरा । नेपाल अन्तरराष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) का महासचिव घम बहादुर थापा अमेरिका प्रस्थान भएका छन ।

युस आईटीएफको निमन्त्रणा मा २०२३ डिसेम्बर ९, सयुक्त राज्य अमेरिका को फ्लोरिडामा आयोजना हुने फ्लोरिडा अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता मा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् ।

युस आईटीएफले थापा लाई विशिष्ट अथिती तथा रेफ्रीको लागि निमन्त्रणा गरेको थियो ।

थापालाई नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघले राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अञ्जन धमला , नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासघका वरिष्ठ उपाध्यक्ष बासूदेब भट्ट, उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक उमेश राजथला , सचिव अञ्जना शिवाकोटी, रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठ, महासंघका अध्यक्ष प्रविण कुमार कार्की, पूर्व महासचिव अञ्जु रावत, बागमती प्रदेश तेक्वान्दो संघका कोषाध्यक्ष आशिष कार्की लगायत बिदाइ गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।