जोजिजु म्युजिक स्कुल रानीपौवाको मंचमा पोखरेली कलाकारहरुले स्वर सम्राट नारायण गोपाल स्मृति दिवस मनाएका छन ।
३३ औं नारायण गोपाल स्मृति दिबस –२०८० मा नारायण गोपालका गीत गाएर सङ्गीत धुन बजाएर सम्झिएको हो । कार्यक्रमलाइ सफल बनाउन सप्तरङ्गी साँस्कृतिक प्रतिस्ठान पोखरा नेपालको आयोजना जोजिजु म्युजिक सेन्टर संयोजन तथा पोखरा प्रज्ञा प्रतिस्ठानको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा पोखरा प्रज्ञा प्रतिस्ठानका कुलपति पदमराज ढकालको आतिथ्यमा भएको थियो ।

कार्यक्रममा नबराज बराल-सबिना सुनाम ,पिङ्गला भट्टले तिमि देउ या नदेउ र सिरिमा सिरी , बिनित जोजिजुले बिर्सेर फेरी मलाई नहेर , लक्ष्मी गिरीले मेरो आँखालाइ राख्ने , बिनोद राइले झरेको पात झै , प्रदिप सारु मगरले मेरो गीत मेरो प्रतिबिम्ब ,एम डि काफ्लेले तिम्रो जस्तो मुटु , जय चापागाईंले केही मिठो बात गर , सबिना सुनामले अल्झेछ क्यारे पछ्यौरी , अर्जुन नकर्मीले तिम्रो जस्तो मुटु , नबिन छ्न्त्यालले यति चोखो यति मिठो , नबिन थापाले केहि मिठो बात गर गीत गाएका थिए । यसैगरि रोशन गुरुङले सानै हुरीमा ,गौरव थापाले मलाई नसोध , महिमा श्रेष्ठले कार्यक्रम संचालन को साथै यति धेरै माया दिइ उत्प्रेम जोजिजुले मलाई नसोध कहाँ दुख्छ घाउ विशेष प्रस्तुति बाध्यबादन मार्फत सानु जोजिजुले भोइलिन बाट यति धेरै माया दिइ गीत को धुन प्रस्तुति दिएको नारायण गोपाल स्मृति दिबस –२०८० मा बाध्यबादक हार्मोनियममा नबराज बराल पप्पु थापा मगर , तबलामा मिलन गिरी , गितारमा उत्प्रेम जोजिजु , बेस गितारमा अनुपम , क्याजोनमा जय चापागाईंले साथ दिएका थिए ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य साँस्कृतिक प्रतिस्ठान पोखरा नेपालका उपाध्यक्ष अभिमन्यु बिक्रम राणाले गरेका थिए । कार्यक्रम सप्तरङ्गी सास्कृतिक प्रतिस्ठानका अध्यक्ष नबराज बरालको अध्यक्षता भएको कार्यक्रमलाइ प्रतिस्ठानका सचिब एंवम जोजिजु म्युजिकका ब्यवस्थापक सानु जोजिजुले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







