मंसिर २० पोखरा । तामाङ पत्रकार संघको २० औँ स्थापना दिवसको अवसरमा तामाङ पत्रकार संघ कास्कीले शुभकामना आदानवप्रदान एवं अन्तरक्रिया गरेको छ ।
बुधबार संघले पोखरामा आयोजना गरेको कार्यक्रमको नेपाल पत्रकार महासंघ गण्डकीका सल्लाहकार दीपेन्द्र श्रेष्ठले तामाङ पत्रकार संघ कास्कीले स्थापनाको छोटो समय मै आफ्ना कार्यक्रमलाई गतिशील बनाईरहेको भन्दै प्रशंसा गरे । आफ्नो समुदायको भाषा, संस्कार संस्कृतिको बिषयलाई उठान गर्दै क्षमता अभिवृद्धिकालागि निरन्तर तालिमको आयोजना गर्नु पर्नेमा उनले जोड दिए ।
श्रेष्ठले पत्रकार आचारसंहिताभित्र रहेर पत्रकारिता क्षेत्रमा अगाडि बढ्न आग्रह गर्दै पत्रकारिताको जग बलियो बनाउन अध्ययन, जिम्मेवारी र अभिब्यक्ति शैली आवश्यक रहेको बताए ।
‘जातीय पत्रकार संस्था भनेको आफ्नो जातिय समुदायको संस्कार, संस्कृति, भाषाको प्रबर्द्दन र राज्यले विभेदमा पारेका बिषयलाई वकालत गर्ने बुझ्नुपर्छ, यो कुनै पार्टी र जातीवादी केन्द्रीत संस्था होइन ।’ , उनल भने, ‘तामाङ समुदायको समस्या उठाउँदा सोहि समुदायको व्यक्ति बिज्ञ र आधिकारिक हुन्छ । जसले गर्दा गलत सन्देश प्रवाह हुँदैन ।’
श्रेष्ठले पत्रकारिताको प्रक्रियाको बारेमा प्रकाश पार्दै सामाजिकिकरणमा मिडियाको योगदान बारे चर्चा गरे ।
कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले आदिवासी जनजातिको सवालमा फोनिज अग्रसर रहेको जानकारी दिदै तामाङ पत्रकार संघ कास्कीले प्राविधिक बिषयमा तालिम गर्न चाहेमा सहजीकरण गर्न तयार रहेको बताए ।
नेपाल तामाङ घेदुङ संघका संघीय उपाध्यक्ष दिपक तामाङले लामो इतिहास बोकेको यस संस्थाले कास्कीमा भने आफ्नो पाइलालाई बिस्तारै गति दिएकोमा शुभकामना प्रकट गरे । सञ्चार क्षेत्रमा आफ्नो भविष्य देख्नु पर्ने कुरा मुख्य रहेको भन्दै तामाङ पत्रकार संघ कास्कीले ‘प्रोफेश्नल’ पत्रकार बनाउन काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ संघ कास्कीका अध्यक्ष भक्त तामाङले कास्कीमा तामाङ पत्रकारको संख्या र गुणस्तरमा सहयोग गर्न संघ तयार रहेको बताए । आफु स्वयं फोटो पत्रकारितामा रहेको हुँदा संघलाइ आवश्यक परेको खण्डमा निशुल्क तालिम प्रदान गर्न आफु तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन रसमाया तामाङले गरेकी थिइन् । कार्यक्रममा विभिन्न तामाड. पत्रकार र बिभिन्न समुदाय संघसंस्थासँग आवद्ध प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







