पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको विषय आउँदा वर्तमान गठबन्धन सरकारले टाउको निहु¥याउने गरेको आरोप लगाएका छन् ।
नेकपा एमालेले सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रियताको सवालमा वर्तमान गठबन्धन सरकारले टाउको निहु¥याउने गरेको आरोप लगाएका हुन् ।
गठबन्धन सरकारले जनतासँग सरोकारपनि नराखेकार विकास निर्माणलाईपनि ध्यान नदिएको भन्दै उनले भने,‘राष्ट्रियताको पक्षमा उनीहरु शिर निहु¥याउँछन् । नत विकास निर्माणमा ध्यान छ, नत जनतासँग सरोकार नै छ ।’
अध्यक्ष ओलीले वर्तमान सरकार र यसमा सहभागी पार्टीबाट देश निर्माण नहुने दाबी गरे । देश र जनताको भविष्य बनाउन एमाले एमालेबाहेक अरुले नसक्ने उनको ठोकुवा थियो । अहिलेको सरकार र त्यसमा सहभागी दलहरु देशको अवस्था सुधार्न भन्दा एमालेको विरोध गर्नमा लगाएको उनले बताए ।
गठबन्धन सरकार र यसमा आबद्ध दलहरुबाट देश निर्माण नहुने भन्दै उनले भने,‘एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भैसक्यो, त्यहि भएर एकल बहुमतको सरकार निर्माण गर्ने प्रयासको थालनी स्वरुप हामीले संकल्पयात्रालाई अगाडि बढाएका हौं ।’
एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दोे अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउँदै नया आशाको सञ्चार गराउने उनले बताए ।
ओलीले संकल्प यात्राका क्रममा गरिएको भेटघाटमार्फत जनताका समस्या बुझ्ने, सुन्ने, मागहरु संकलन गर्ने र ती समस्याको समाधान कसरी खोज्ने काम भइरहेको बताए । ‘संकल्प यात्राका क्रममा देखेका, भोगेका, सुनेका, भनेका सबै विषय हामी काठमाण्डौं पुगेपछि सम्बोधन गर्छौं’–उनले भने ।
कार्यक्रममा ओलीलाई सारङ्गी उपहार दिइएको थियो । सारङ्गी उपहार पाएपछि उनले आफूलाई सारङ्गीको धुन अत्यन्त मनपर्ने भन्दै केहिबेर सारङ्गी रेटेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







