पोखरा । पोखरा स्थित विभिन्न विद्यालय एकअर्वाविच असल अभ्यास आदानप्रदान कार्यक्रम गरिएको छ ।
सामुदायिक विद्यालय कलस्टर कास्कीको आयोजना तथा विन्ध्यावासिनी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त कार्यक्रममा पोखरामा रहेका विभिन्न १५ सामुदायिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्षहरुद्धारा आआफ्नै विद्यालयमा गरिएका असर अभ्यासहरुका विषयमा प्रस्तुतिकरण आदानप्रदान गरिएको हो ।
सोहि अवसरमा सामुदायिक विद्यालय क्लस्टर स्तरीयका संयोजक तथा इन्द्रराज्य माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अमगाईले कार्यक्रम माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा विन्ध्यवासिनी माध्यमिक विद्यालय, शितलादेवी माध्यमिक विद्यालय, इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय भलाम, सिद्ध माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, तालबाराही माध्यमिक विद्यालय, बाराही माध्यमिक विद्यालय, शुक्रराज बलभद्र माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, नवप्रभात माध्यमिक विद्यालय, छोरेपाटन माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय लगायत १५ सामुदायिक विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्ष लगाएतको सहभागिता रहेको थियो ।
शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यता, विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यको अध्यक्षता र तालबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक तारा पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







