पोखरा । सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका–५ देउराली खडागाउँ स्थित भैरवी आधारभूत विध्यालयमा न्यानो कपडा वितरण गरेको छ ।
जाडो मौषमलाई मध्यनजर गरि क्लवले विद्यालयका २८ जना बालबालिकाहरुको लागी न्यानो कपडा (स्विटर, टोपी र मोजा) वितरण गरेको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी तथा रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राजन खनालले सिद्धार्थ क्लबले आफ्नो वडाका विद्यालयहरुमा विगत देखी शैक्षिक, स्वास्थ्य, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा धन्यबाद व्यक्त व्यक्त गरे ।
जाडो मौसममा न्यानो कपडा वितरण कार्यले विद्यार्थीहरुको विद्यालय आगमनमा सहयोग पुग्ने उनको धारणा थियो । साथै उनले वडाले शैक्षिक क्षेत्र सुधारका कार्यक्रमहरु योजना गरेको जानकारी दिदै सो कार्यमा विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य आवश्यकता रहेको बताए ।
सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीको स्वास्थ्य र शिक्षा आर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले गुणस्तर शिक्षा प्रदान गर्ने कार्यमा क्लबको सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सिद्धार्थ क्लबका सल्लाहकार समितिका सचिव पार्वती माकाजू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केहर सिंह गुरुङ्ग र विद्यालयका प्रधानाध्यापक श्याम कुमार श्रेष्ठले कार्यक्रमले विद्यार्थीहरुको स्वस्थ्यमा प्रत्यक्ष लाभान्वित गरी शिक्षा आर्जनमा नियमितता प्रदान गर्ने बताए ।
कार्यक्रममा वितरित सामग्रीहरु चिप्लेढुङ्गा पोखरा निवासी समाजसेवीद्धय युगेन पालिखे र मन्दिर श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो । क्लबका निर्देशक रवि मर्सानीले स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पारेका थिए भने सचिव विनोद प्रसाद श्रेष्ठले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







