मंसिर २५ पोखरा । आगामी पुसको पहिलो हप्ता पोखरामा नेपाल रेडक्रस सोसाइटी जुनियर तथा यूवा रेडक्रसको ४१ औं राष्ट्रिय गोष्ठी हुने भएको छ ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयको आयोजना, रेडक्रस कास्की शाखाको व्यवस्थापन र यूवा रेडक्रस सर्कल शिवशक्ति मा.वि. फूलबारी पोखराको आतिथ्यतामा हुन लागेको गोष्ठीको तयारी तिब्र पारिएको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
‘विश्वव्यापी रुपमा अभिप्रेरित, स्थानिय रुपमा सशक्तीकृत ः जलवायूसम्बन्धी गतिविधिमा जुनियर तथा यूवा’ भन्ने नाराका साथ दुई दिनसम्म चल्ने गोष्ठीको तयारी तिव्र पारिएको नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्माले बताए ।
देशभरका जुनियर जुनियर तथा यूवा र शिक्षक नायकहरु एकै थलोमा भेला भई स्वयमसेवाको भावना उजागर गरी रेडक्रसको गतिविधि, निति तथा कार्यक्रमका साथै अनुभव आदान प्रदान र छलफल गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
झण्डै ४ वर्षपछि हुन लागेको दुई दिनसम्म चल्ने गोष्ठीमा रक्तदानको महत्व, जलवायु सचेतना र यसको लागि जुनियर यूवाको भूमिका, यूवाको अनुभव आदान प्रदान, साइबर सुरक्षा शिक्षा, परिवर्त अभियान लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक अभ्यासका विषयमा छलफल तथा अन्तरक्रियात्मक प्रस्तुति रहने नेपाल रेडक्रस सोसाइटी केन्द्रिय जुनियर यूवा विभागका सभापति विष्णुप्रसाद नेपालले जानकारी दिए ।
फुलबारी स्थित शिवशक्ति मा.विमा सञ्चालन हुने गोष्ठीमा ७७ जिल्लाका जुनियर तथा युवा प्रतिनिधिहरु, शिक्षक नायक तथा केन्द्रिय पदाधिकारी, एवं समितिका सदस्य, दातृ निकायका प्रतिनिधि जिल्ला तथा सर्कलका प्रतिनिधिहरु कर्मचारी लगायत गरी तीन सय बढीको सहभागिता रहने जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न झण्डै १५ लाख ६५ हजार खर्च लाग्ने अनुमान गरिएको शिवशक्ति मा.वि.का प्रधानाध्यापक शम्भुराज बास्तोलाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







