मंसिर २६ पोखरा । २३ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोजक सहारा क्लब पोखरा तयारीमा जुटेको छ ।
हिमश्री फुड्सको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित यो फुटबल प्रतियोगिता नेपालमै नियमितरुपमा सञ्चालन हुने एकमात्र प्रतियोगिता हो ।
यसैबीच, मंगलबार क्लबका पूर्व अध्यक्षसहितको कार्यसमिति बैठकद्वारा क्लब अध्यक्ष केशवराज बरालको अध्यक्षतामा ५०२ सदस्यीय मूल आयोजक समिति एवं १०१ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ ।
प्रतियोगिता संयोजकमा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र मूल आयोजक कमिटी सदस्यसचिवमा महासचिव रामजीप्रसाद अधिकारी सर्वसम्मत चयन भए । यसपालि पनि नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने आयोजकले जनाएको छ ।
प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको निःशुल्क शिक्षा दीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने अध्यक्ष बरालले बताए ।
गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







