साङ्केतिक तस्विर
पोखरा । पोखरामा पार्किङमा राखेको स्कुटर चोरी गरेको आरोपमा १८ वर्षिय एक यूवक पक्राउ परेका छन् ।
पोखराको मुस्ताङचोकस्थित भित्री सडकखण्डमा पार्किङ गरि राखेको ग १५ प २५१९ नम्वरको स्कुटर चोरी गरेको आरोपमा धादिङको निलकण्ठ नगरपालिका–६ घर भई पोखरा–८ बस्दै आएका अविनाश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
गत मंसिर १६ गते राती ८ बजे पार्किङ गरि राखेको स्कुटर हराएको सूचना पाए लगत्तै खोजीका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामले थापालाई सोमबार पोखराको नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
चोरीको स्कुटर हुइक्याइरहेका उनलाई स्कुटरसहित पक्राउ गरि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







