अत्रि गोत्र (पहारी) थरहरुको कुल पूजा तथा बंशावलि विमोचनको तयारी


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित




पोखरा । अत्रि गोत्र पहारीहरुको कुल पूजा तथा पहारी (थर) हरुको पहिलो पटक प्रकाशित वंशाबलि विमोचनको तयांरी गरिएको छ ।

अत्रि गोत्र (पहारी)हरुका कुल मन्दिर व्यवस्थापन समिति गण्डकी प्रदेश कास्की जिल्ला को आयोजनामा यहि आउँदो पुस १० गते पोखरा महानगर पालिका वडा १८ स्थित सेदी डाडा कुलमन्दिरमा पुजाको तयारी गरिएको हो ।

कुल पुजालाई मध्यनजर गर्दै पुष ७ गते पहारी कुल बशको बंशावलि बिमोचन सहित आठौ राष्ट्रिय अधिवेशन गर्ने लागिएको सचिब जगत बहादुर पहारीले बताए । वंशावलि प्रकाशन समितिका संयोजक प्रेमराज पहारीले बंशांवलि पुस्तक प्रकाशनका लागि अन्तिम चरणमा रहेको जानकारी दिए ।

कुल पूजा सम्पन्न गर्नका लागि अध्यक्ष गोविन्दराज पहारीको संयोजकत्वमा ९९ सदस्सीय पूजा व्यवस्थापन सहित महाधिबेशन मूल समिति गठन गरिएको छ । त्यसैगरी विभिन्न पचिस वटा उपसमितिहरु समेत गठन भएका छन् । संयोजक पहारीका अनुसार यही पुष ८ गते पूजाका लागि चौको चिन्न जग राख्ने कार्यक्रम राखिएको छ ।

संयोजक पहारीले भने,“पुस ९ गते पूर्वाङ्ग गर्ने र १० गते कुल पूजा हुनेछ । कार्यक्रममा सहभागिताका लागि देशभर छरिएर रहनुभएका सम्पूर्ण पहारी बन्धुवान्धवहरुलाई निमन्त्रणा गरेका छौँ ।”

पूजाका प्रचार प्रसार उपसमितिका संयोजक गणेश पहारीले तयारीका काम तीव्र रुपमा अघि बढाइएको जानकारी दिए । उनले नेपालभरि रहेका अत्रि गोत्र (पहारी) हरुलाई पूजामा सहभागिता गराउने गरी प्रचार प्रसार गरिएको बताए । “हामीले विभिन्न माध्यमबाट पूजाको सूचना पठाएका छौँ ।

कुल पूजा ब्यवस्थापन मुल समिति तथा विभिन्न उपसमितिहरु पनि निर्माण गरेर तयारी गरेका छौँ । नेपाल भरिका सबै पहारी दाजुभाईहरु पूजा र महाधिवेशनमा सहभागी हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।” पहारीले सुनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।