बालबालबालिका सम्बन्धि ऐन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय कार्यशाला


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०८० मा प्रकाशित




मंसिर २६ पोखरा । जिल्ला समन्वय समिती कास्की र राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालबालिका सम्बन्धि ऐन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्ला स्तरिय एक दिने कार्यशाला पोखरामा सम्पन्न भएको छ ।

कार्यशालाको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले बालबालबालिका सम्बन्धि ऐन २०७५ कार्यान्वयनमा हरतरहले लाग्दै पूर्ण कार्यान्वयन गर्न कास्कीका सबै पालिकाहरूलाइ आग्रह गरे ।

बाल अधिकारको कार्यान्वयनको बिषय कास्कीमा गम्भीर र जटिल हुदै गएको विभिन्न अध्ययनले देखाएको हुँदा अबका कार्यक्रम बालमैत्री पालिका बनाउने गरि निर्माण गर्न आग्रह गर्दै पौडेलले सो क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकाय थप जिम्मेवार बन्नुपर्ने बताए ।

राष्ट्रिय बाल अधिकार परिषद् गण्डकीका समन्वय अधिकारी बद्री वाग्लेले गण्डकी प्रदेशमा बालबालबालिका सम्बन्धि ऐन २०७५ कार्यान्वयनमा देखिएका चुनौती र भाबी रणनीतिका सम्बन्धमा चर्चा गरेका थिए ।

कार्यक्रममा कास्कीका सबै पालिकाका प्रमुख ,उप प्रमुख , प्रमुख कार्यकारी अधिकृत सहित बाल अधिकार सम्बन्धि फोकल पर्सनहरू सहितका सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।