साङ्केतिक तस्विर
पोखरा । पोखराका विभिन्न ठाउँबाट नेपाल टेलिकमको कपर केबुल (तार) चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखराका विभिन्न स्थानमा बिजुलीका पोलहरुमा रहेको नेपाल टेलिकमको तार चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पोखरा–२५ हेम्जाका लालबहादुर नेपाली (५८) र भारतको मोतिहारी बिहार घर भई सोही स्थानमा बस्दै आएका श्यामनाथ जैसवाल (३९ ) लाई बुधबार पक्राउ गरेको हो ।
बिजुलीका पोलहरुमा रहेको नेपाल टेलिकमको तारहरु चोरी भएको सुचनाका आधारमा खोजतलासमा जुटेको प्रहरीले उनीहरुलाई बुधबार अन्दाजी राती ८ बजे पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट जाने सडक खण्डमा ग २ च ५३६ नम्वरको कारसहित ठूलो मात्रामा कपर केबुल पक्राउ पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले कारको पछाडीको सिट तथा डिक्कीमा टुक्रा–टुक्रा रोलिङ गरेको अवस्थामा ३३१ मिटर कपर केबुल तारहरु बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ८ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







