स्थापना दिवसको अवसरमा कुमुदिनीद्वारा मानव सेवा आश्रमलाई खाद्य सामग्री तथा रकम हस्तान्तरण


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित




मंसिर २९ पोखरा । पोखरा महानगरपालिका गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यालय स्थापनाको ३७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

विद्यालयको ३७ औं स्थापना दिवस, पुरस्कार वितरण एवं अभिभावक दिवसको अवसरमा विद्यालयले पोखरा २५ हेम्जा बाबियातरामा रहेको मानव सेवा आश्रममा खाद्य सामग्री तथा नगद हस्तान्तरण गरेको छ ।

विद्यालयका संचालिका मीना पालिखेले विद्यालयको तर्फबाट खाद्या सामग्री तथा रुपैयाँ ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।

विद्यालयबाट ३५ जना विद्यार्थी र पाँच शिक्षकसहित ४० जनाको टोली आश्रममा गएको सह प्राचार्य मन बहादुर भुजेलले जानकारी दिए ।

सेवा नै धर्म हो । मानवद्वारा मानव सेवामा समर्पित जीवन रुपान्तरणको प्रक्रियामा सामेल हुनु नै मुख्य उदेश्य भएको भुजेलले बताए ।

आश्रममा ११४ जना अनाथ, अपांगता भएकाहरु, बृद्धबृद्धा र मानसिक स्वास्थ्य समस्या भएकाहरु रहेका छन् । यसको सुरुआत २०६९ साल भदौ १४ गतेबाट ५ जनाले मुठ्ठिदान अभियान चलाएर गरिएको थियो ।

कार्यक्रममा मानव सेवा आश्रमको तर्फबाट सदिस पुनले आश्रमका बारेमा सहभागि विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रमको संचालन तथा विद्यालयको तर्फबाट सह प्राचार्य मन बहादुर भुजेलले सहजिकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।