भोलि रास्वपा सभापति रवि लामिछाने पोखरा आउने


     एभरेस्ट आवाज    
     पौष ६ गते २०८० मा प्रकाशित




फाइल तस्विर

पुस ६ पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने शनिवार कास्कीका विभिन्न ठाउमा हुने कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका छन् ।

गण्डकी प्रदेशमा आयोजना भएका विभिन्न कार्यक्रममा सरिक हुँदै शुक्रबार स्याङजाको कार्यक्रममा सरिक भएका लामिछानेले शनिवार विहान ८ बजे पोखराको जिरो किलो मिटरमा पाटीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशका प्रवत्ता बिकास भुर्तेलले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पाटी कास्कीको आयोजनामा शनिवार हुने तिन वटा कार्यक्रम अन्तरगत अपरान्न माछापुच्छ्रे गाउपालिकाको लाहाचोकमा गाउपालिका भेला र दिउँसो दुई बजे अंमरसिह खेल मैदानमा खुल्ला आमसभाको आयोजना गरिएको पार्टी स्रोतले जानकारी दिएको छ । यी तिनैवटा कार्यक्रममा पाटीका सभापति रवि लामिछाने लगात केन्द्रिय तहका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैविच शुक्रवार खुल्ला सभा हुने अमरसिंह खेल मैदान वरपर समाजमा सकारात्मक परिवर्तनका लागि राजनितीक दलहरुले सामाजिक उत्तरदायित्व बहन गर्न सके नागरिकमा पनि सकरात्मक सन्देस जाने भन्दै बृहत सरसफाई गरि खुल्ला सभाको अन्तिम तयारीमा जुटेको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।