पुस ७ पोखरा । इन्टरनेशनल एजुकेशन फाउण्डेशन लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
पोखरा–१४ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको सभाहलमा आयोजित समारोहमा वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । साथै नयाँ कार्यक्रमहरु र देखिएका चुनौतीहरुका बारेमा छलफल गरिएको छ ।
सन् १९९९ मा पोखराका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्व, प्रतिष्ठित व्यवसायी, विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरुलाई लिएर अग्रज शिक्षासेवी, व्यवसायी अशोक पािलखेको नेतृत्वमा कलेज स्थापना भएको थियो ।
समारोहमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पालिखेले भने, अहिले हामीले कलेजको रजत महोतसव मनाईरहेका छौं । यो अवसरमा वर्षभररी नै विभिन्न कार्यक्रम, सेमिनार गरेहका छौं । त्यो समयमा होटल म्यानेजमेन्ट पढ्न विदेशमा जानु पर्ने र लाखौं खर्च गर्नुपर्ने वाध्यतालाई घटाउन र यही सिकेर यहीं रोजगारीको अवसर पहिचान गर्नका लागि कलेज खोलेका थियौं । जहाँ अहिले हामीले बीएचएम, बीबीएर बीबीए बीआईका कक्षाहरु संचालन गर्न सफल भएका छौं । नकिट भवियमा उनले कलेजमा एमबीए तथा होटल म्यानेजमेन्टमा मास्टर गर्नका लागि प्रयास भईरहेको सुनाए ।
समय अनुसार विकास भईरहेको प्रविधि र सिप तथा होटल म्यानेजमेन्टका विषयमा आईरहेका नयाँ कुराहरु तत्क्षेत्रका विज्ञहरु बोलाएर बुझ्ने बुझाउने कार्य जारी राखिएको अध्यक्ष पालिखेले बताए । उनले विद्यार्थीलाई व्यवहारिक, व्यवसायीक, सामाजीकरण लगायतका अतिरीक्त कुराहरु सिकाई रहेको जानकारी दिए ।
कलेजको पढाईको साथमा हामीले ओरियन्टेशन दिईरहेका छौं । बेला बेलामा विज्ञ, प्रतिष्ठित व्यक्तित्वलाई गेष्ट लेक्छरको रुपमा ल्याएर कुराहरु सुनाउने, चाईनिज भाषाको कक्षा संचालन गरिएको, इसिएमा सहभागि तथा मप भोलेन्टियरका लागि गन्तव्य बनेको बताए । कलेजमा फाइवस्टार स्तरको ल्याव संचालनमा रहेको जानकारी दिए । उनले लकेजमा मासिक खर्भ २१ लाख तथा अन्य १९ लाख गरेर ४० लाख खर्च हुने बताए ।
देशमा आर्थिक मन्दि भईरहेको अवस्थामा ११४ जना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्न सक्षम भएको पालिखेले बताए । उनले अहिलेको अवस्थामा विद्यार्थी बढाउन चुनौती खडा भएको र विद्यार्थीहरु विदेश जाने क्रम बढ्दो देखिएकोमा चिन्ता व्यक्त गरे । उनले अगामी दिनमा ईएमबीएको कक्षा संचलन गरिने, अन्य देशका कलेजहरुमा अध्ययन भ्रमण गर्ने र सम्बन्ध बढाउने, भिजिटिङ लेक्चरमा जोड दिईने, विदेशमा इन्टर्नसिपको प्रयास गरिने बताए । पालिखेले अध्यक्ष भएपछि सबै भईहाल्छ भनेर नबस्न सेयरधनीहरुलाई आग्रह गरे । कलेजको हेरफेर तथा विद्यार्थीको आगथमन र चुनौतीहरुको समाधानमा सबैको सक्रियता आवश्यक भएको बताए ।
अध्यक्ष पालिखेले कलेजमा पूर्ण शुल्कमा ३७२ जनाले बीएचएम पढिरहेका र ३३ जनाले छात्रबृत्तिमा पढिरहेको बताए । यस्तै प्लस टु मा १०७ भर्ना भएका र उनीहरुमा ७ जना छात्रबृत्तिमा पढिरहेका छन् । २०८० मा बीएचएममा ७६ जना विद्यार्थी भनाई भएका र ९ जनाले छात्रबृत्ति पाएका छन् । बीबीएमा १४९ भर्ना भएका र २४ जनाले छात्रबृत्तिमा पढिरहेका छन् ।
बीबीए बीआईतर्फ ११२ नना भर्ना भएकोमा २० जनाले छात्रबृत्तिमा पढिरहेका छन् । प्लस टुमा १०२ जना भर्ना भएकोमा ३ जनाले छात्रबृत्तिमा अध्ययन गरिरहेका छन् । कलेजमा कुल ९१८ विद्यार्थीले अध्ययन गरिरहेकोमा उनीहरुमा ९६ जनाले छात्रबृत्तिमा पढिरहेका प्रिन्सिपल प्रकाश रेग्मीले जानकारी दिए ।
सभाले अध्यक्ष पालिखेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आगामी योजनाहरु र लेखा परिक्षकको लेखा प्रतिवेदन अनुमोदन गरेको छ । यसका साथै आगामी कार्यकालका लागि लेखा परिक्षेममा एलके शर्मालाई नियुक्त गरिएको छ भने पारिश्रमिक तोकिएको छ ।
यसअघि कार्यक्रमको संस्थापक सेयरधनी प्रेम कुमारी केसीले पानसमा बत्ति बालेर उद्घाटन गरेक िथिईन् । सहभागिहरुलाई कलेजका संचालक कर्म तमुले स्वागत गरेकी थिईन । उनले कलेजको सर्वाङिण् विकासका लागि सेयरधनीहरु दत्तचित्त भएर लाग्नुपर्ने बताईन् ।
कलेजका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा पालिेखले विभिन्न सेयरधनीहरुको नामसारी गरिएको सेयर प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







