पुस ७ पोखरा । पोखरा–३० स्थित हिमालयन हाइल्याण्ड टोल विकास संस्थाको अध्यक्षमा कृष्ण सुवेदी चयन भएका छन् । संस्थाको छैटौं साधारण सभा तथा चांैथो अधिवेशनले सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा इन्दिरा शर्मा, सचिवमा खेम सुवेदी, कोषाध्यक्षमा विष्णु दाहाल र सह–सचिवमा देबिलाल पौडेल रहेका छन् ।
संस्थाको सदस्यहरुमा शिव कुमारी श्रेष्ठ, सोचना राजभण्ढारी, सुनिता भुजेल र महेश गौतम रहेको निवर्तमान अध्यक्ष भुवन श्रेष्ठले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जु देवी गुरुङले टोल विकास संस्था पोखरा महानगरपालिकाको जग भएको बताइन् । प्रत्येक टोल विकास संस्थाको समृद्ध नै पोखरा महानगरको समुद्ध भएको बताउँदै उप प्रमुख गुरुङले टोल वासीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि, आय आर्जन देखि विभिन्न व्यवसाय प्रवद्र्धनका लागि बिना धितो क्रण प्रवाह, महिला, युवा लक्षित लगायतका विभिन्न कार्यक्रमहरु पोखरा महानगरबाट उपलब्ध हुने बताउँदे यसका लागि वडा कार्यालय सँग समन्वय गर्न पनि आग्रह गरिन् ।
कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले वडामा गरिएका विकास निर्माण कार्यका वारेमा जानकारी दिंदै वडा कार्यालयले प्लटिङ गर्ने व्यक्तिहरुलाई पक्कि बाटो निर्मण गरेर मात्रै प्लटिङ गर्न र्देशन दिइएको बताए । आगामी दिनमा वडा कार्यालय वडाका सबै टोल टोलको विकासमा सदैव साथमा रहेको बताए ।
कार्यक्रममा वडा नं.३० का वडा सदस्य देवेन्द्र राज अधिकारी, संस्थाका संस्थापक अध्यक्ष एवम् हिमालय इन्भेष्टमेन्ट कम्पनीका प्रोप्राइटर तथा जग्गा दाता ध्रुव थापा, संस्थाका सल्लाहकार डा ऋषि ढकाल, समाजसेवी पदमराज आचार्य , नागरीक परोपकार समन्वय संस्थाका अध्यक्ष एवम् शिवालय टोल विकास संस्थाका अध्यक्ष चिरञ्जिवी तिवारी, अशोका टोल विकास संस्थाका अध्यक्ष रबि बास्तोला लगायतले टोल विकास संस्थाका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठले टोल विकास संस्थाले गरेका सामाजिक कार्यको बारेमा चर्चा गर्दै आगामी दिनमा गर्नुपर्ने भावी योजना समेत प्रस्तुत गरेका थिए । त्यस्तै गरी सचिव कृष्ण सुवेदी ले प्रस्तु गरेको सचिवको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कार्यक्रमको स्वागत इन्दिरा शर्माले गरेकी थिइन् ।
संस्थाका संस्थापक अध्यक्ष धु्रव थापाले २ आना जग्गा संस्थाको भवन निर्माणका लागि जग्गा दान गरेको सम्मानमा र पोखरा ३१ बेगनासताल निवासी वामदेव र जमुना कोइरालाले २० लाखमा दुइ तले भवन जेष्ठ नागरीक र किरियापुत्रीको प्रयोजनका लागि निर्माण गरेका सम्मानमा उनीहरुलाई सम्मान समेत गरिएको थियो भने संस्थाका निवर्तमान सचिव कृष्ण प्रसाद सुवेदीले कार्यक्रम सञ्चालन गरेको उक्त कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष भुवन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
२०७५ सालमा स्थापना भएको टोल विकास संस्थामा हाल २८ जना सदस्यहरु रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







