पोखरा इन्जिनियरिङ्ग कलेजमा खेल सप्ताह सुरु


     एभरेस्ट आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको फिर्केमा रहेको पोखरा इन्जिनियरिङ्ग कलेज्मा पौष ८ गते देखी खेल सप्ताह प्रारम्भ भएको छ । ६ किमी रेसको रिबन काटेर कलेजका प्रिन्सिपल ई सोम गुरुङले खेल सप्ताहको आरम्भ गरेका हुन्।

उक्त खेल सप्ताहमा म्याराथन, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, टि टि, ब्याडमिन्टन, फुटसल र चेस गरी कुल ९ वटा विधाका खेलहरु हुनेछन् ।

कलेजद्वारा हरेक वर्ष आयोजना गरिने खेल सप्ताहमा यस वर्ष पनि १८ महिने सब(ओभरसियर, ३ वर्षे ओभरसियर र स्नातक तहमा अध्य्यनरत विद्यार्थीहरुको सहभागिता रहेको छ ।

प्राविधिक शिक्षाको अध्ययन संगसंगै खेलकुदमा समेत विद्यार्थीहरुको सक्रियता रहन जरुरी छ भन्ने संदेशका साथ कलेजले हरेक वर्ष खेल सप्ताहको आयोजना गर्ने गरेको कार्यक्रमका संयोजक तथा कलेजका अतिरिक्त कृयाकलाप संयोजक ई। प्रविण श्रेष्ठले बताए।

विभिन्न खेलमा प्रथम द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने प्रिन्सिपल गुरुङले बताए। खेल सप्ताह पौष १४ गते सम्म संचालन रहने संयोजक श्रेष्ठले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।