नौलो घुम्ती मार्फत कार्यान्वयन भैरहेको परियोजनाबारे जिल्ला परियोजना सल्लाहकार समितिमा छलफल


     एभरेस्ट आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित




पोखरा । गुड नेबर्स इन्टरनेशनल कोरीयाको आर्थिक तथा प्राविधिक सहयोग तथा नौलो घुम्ती नेपालको कार्यान्वयनमा सन् २०२३ मा कास्की जिल्लामा भएका गतिविधिबारे पोखरामा छलफल भएको छ । छलफल कार्यक्रम जिल्ला समन्वय समितिको आयोजनामा आइतबार जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा गरिएको हो ।
बैठकमा नौलो घुम्ती नेपालका कार्यकारी निर्देशक अनेश गुरुङले गुड नेबर इन्टरनेशनल कोरीयाको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०२३ मा भए गरेका कार्यक्रमको बारेमा प्रस्तुती राखेका थिए ।
यो परियोजना कास्कीको मादी गाउँपालिकाको वडा नम्बर ८, ९, १० र ११, माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ६, ८ र ९, पोखरा महानगरपालिका वडा नम्बर २३ सँगै अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ मा सञ्चालित छ ।परियोजनाले शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, प्रायोजन सेवा, बाल संरक्षण र क्रस कटिङ मुद्दा लगायतका विषयगत क्षेत्रहरुमा काम गर्ने गरेको कार्यकारी निर्देशक गुरुङले खुलाए ।
परियोजनाको मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा सामाजिक लेखाजोखा परिक्षण गरेका पत्रकार दीपेन्द्र श्रेष्ठले परियोजनाको प्रभाब, उपलब्धि, सबल पक्ष, कमजोरी र सुझाब जस्ता विविध पक्षको बारेमा आफ्नो प्रस्तुती मार्फत बैठकमा जानकारी गराए । परियोजनाको बारेमा सो क्षेत्रका सरोकारवालाको भनाई र उनीहरुले राखेका अपेक्षा तथा सुझाबको विस्तृत विवरण उनले बैठकमा प्रस्तुत गरेंका थिए ।
प्रारम्भिक बालविकास कक्षा कोठा व्यवस्थापन, शैक्षिक सामाग्री (जि एन आई स्पोन्सर), स्मार्ट कक्षाकोठा सञ्चालन तथा मर्मत, फल्स सिलिङ निर्माण, अतिरिक्त क्रियाकलाप सञ्चालन सामाग्री, माध्यमिक शिक्षा उत्रिर्ण विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रतिविद्याथी ३ हजार रुपैयाँ, अभिभावकीय सिप सम्बन्धी अभिभावकलाई तालिम, कक्षाकोठाको अवलोकन तथा छलफल लगायतका कार्यक्रममा सहयोग गरिएको उनको भनाई छ।
परियोजनाका सबल पक्ष, कमजोर पक्ष र सुधार गर्नुपर्ने पक्षको बारेमा खुलस्त पार्न उनको प्रस्तुतीले सघाएको थियो । सम्रगमा सो परियोजना प्रति सरोकारवालाको आर्कषण पाइएको तर त्यसलाई थप विस्तार गर्नुपर्ने माग रहेको श्रेष्ठको विवरणमा उल्लेख थियो ।
बैठकमा सहभागी परियोजना सल्लाहकार समितिका सदस्यहरुले समेत परियोजना मार्फत भैरहेका गतिविधिको प्रशंसा गर्दै आफ्ना धारणा राखेका थिए ।

बैठकको अध्यक्षता गरेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नौलो घुम्तिको परियोजनाहरुको चर्चा गर्दै प्राप्त सुझाबको पालना गर्न आग्रह गरे । बैठकको सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।कार्यक्रममा जि.स.स.सदस्य लक्ष्मी दमै, स प्र जि अ गुरुदत्त ढकाल, गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, शिक्षा समन्वय केन्द्र कास्कीका प्रमुख लोक‌नाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख वद्री आचार्य, बाल कल्याण अधिकारी बद्री वाग्ले, जिसस शा अ झविश्वर रेग्मी, मादी गा पा स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बराल, मादी गा पा शिक्षा विभाग प्रमुख खगेन्द्र लामिछाने, माछापुच्छ्रे गाउँपालिकाको उपाध्याक्ष सीता अधिकारी, शिक्षा प्रमुख सम्झना पोखरेल, बाल तथा महिला विभाग प्रमुख ज्योति पौडेल, नौलो घुम्ति नेपालका अध्यक्ष बद्रीबिनोद खनाल, गुड नेबर्स इन्टरनेशनल कास्की पर्बतका कार्यक्रम संयोजक मनकुमार राई, एकिकृत सामुदायिक बिकास परियोजना अधिकृत महेश बि क, पत्रकारद्वय रामजी लम्साल, राजाराम पौडेल लगायतको उपश्थिति थियो ।

जि.स.स.का प्रमुख लिलाधर पौडेल नेतृत्वको टोलीले आइतबार नै नौलो घुम्ति नेपालको हेडक्वाटर र केहि परियोजनाको फिल्ड अनुगमन समेत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।