कालिका बहुमुखी क्याम्पसको ३२ औँ बार्षिकउत्सवको तयारी सुरु


     एभरेस्ट आवाज    
     पौष १० गते २०८० मा प्रकाशित




पोखरा । कालिका बहुमुखी क्याम्पसको ३२ औँ बार्षिकउत्सव यहि पौषको १२ गते हुदै छ ।

क्याम्पसको ३२ औँ बार्षिकउत्सव कसरी भब्य र सब्य बनाउनी भनेर आज (मङ्गलवार) क्याम्पस र विद्यार्थी कल्याणकारी समितिको छलफल भयो । क्याम्पसको बार्षिकउत्सवको अवसरमा अतिरिक्त क्रियाकलापहरु पनि सुरु भैसकेका छन् ।
अतिरिक्त क्रियाकलाप अन्र्तगत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगितामा विभिन्न संकाय गरि १४ टिमले सहभागिता जनाएका थिए ।

जस अन्र्तगत बिबिस चौथो बर्षका विद्यार्थी अंकित अधिकारी, रुपेश वि.क, सौरव खतिवडा, समिर गुरुङको टोली प्रथम हुन सफल भयो । बिएड तेस्रो वर्षका विद्यार्थी करन नेपाली ,मनिसा गुरुङ, सुजता रानाभाट र सुजिना फगामीको टोली द्धितिय भयो ।यस्तै विद्यार्थी कमला मानन्धर ,सम्झना खड्का तिल कुमारी गुरुङ र ममता वि.क कोे टोली तृतिय भयो ।

यसैगरि, अतिरिक्त क्रियाकलापहरु अन्र्तगत नेपाली निबन्ध प्रतियोगिता ,अङग्रेजी निबन्ध प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता लगायत अन्य कार्यक्रमहरु सम्पन्न भै सकेका छन् ।
नेपाली निबन्ध प्रतियोगितामा बिएड प्रथम वर्षकी छात्रा कञ्चन गुरुङ, द्धितिय बिएड प्रथम वर्षकी छात्रा कमला मानन्धर , तेस्रा बिएड चौथो वर्षकी छात्रा अस्मिता घिमिरे र बिएड प्रथम वर्षकी छात्रा लोकमाया घर्ती सान्त्वना भएकी छिन ।

प्लस टु अन्र्तगत नेपाली निबन्ध प्रतियोगितामा कक्षा १२ शिक्षा संकायका छात्र संकल्प परियार प्रथम , कक्षा १२ विज्ञान संकायका छात्रा अंकिता अधिकारी द्धितिय र कक्षा ११ विज्ञान संकायका छात्र विष्णुहरि कार्की तृतिय भएको संयोजक माया कुँवरले जानकारी दिइन ।

अंग्रेजी निबन्ध प्रतियोगितामा बिएड प्रथम वर्षकी छात्रा आराधना थापा मगर प्रथम , बिएड प्रथम वर्षकी छात्रा स्नेहा गुरुङ द्धितिय र बिबिएस दोस्रो वर्षका छात्र सुजन खतिवडा तृृतिय भएको संयोजक शिशिर ज्ञवाली बताए ।
वक्तृत्वकला प्रतियोगिता अन्र्तगत १० प्रतियोगि मध्ये बिबिस चौथो बर्षका छात्रा सुमित्रा थापा प्रथम, रुपेश वि.क द्धितिय र मिनाक्षी वि.क तृतिय भएको संयोजक नारायणदत्त सुवेदी बताए ।

क्याम्पसले ३२ औँ बार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको संयोजक राजु क्षेत्रीले बताए ।

यसैगरि,क्याम्पसले निः शुल्क दन्त शिविर तथा परामर्श कार्यक्रक समेत सम्पन्न गरेको छ । उक्त शिविरका क्याम्पसका अध्ययनरत विद्यार्थी , अध्यापनरत शिक्षक तथा कार्यरत कर्मचारी गरि ११० भन्दा बढि ब्यक्ति लाभान्वित भएको कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरन्जी गौतम बताए । कालिका बहुमुखी क्याम्पसको आयोजना र नागरिक डेन्टल क्लिनिक एण्ड अर्थोफोन्टिक सेन्टरको प्राविधिक सहयोगमा क्याम्पसकै प्राङगण सम्पन्न भएको छ ।

क्याम्पसको ३२ औँ बार्षिकउत्सवको अवसरमा विभिन्न्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन भैरहेका छन् ।

क्याम्पसको ३२ औँ बार्षिकउत्सवमा विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा. देपराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने क्याम्पसले जनाएको छ ।

कालिका बहुमुखी क्याम्पसले QAA को प्रमाणपत्र प्राप्त गरि क्याम्पसलाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन र बजारले माग गरेको गुणस्तरीय शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अनुदान आयोग अन्र्तगत EQAAC ले निर्धारण गरेका सम्पुर्ण मापदण्डहरु पुरा गरि स्वअध्ययन प्रतिवेदन (Self Study Report र PRT) ले स्थलगत निरिक्षणका कम्रमा दिएका सुझावहरुको अन्तिम Response Report विश्वविद्यालय अनुदान आयोगमा बुझाइएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए ।

हाल कालिका बहुमुखी क्याम्पसमा स्नाकोत्तर, स्नातक र प्लस टु तर्फ गरि ९ वटा शैक्षिक कार्यक्रमहरुमा १७८५ विद्यार्थी अध्ययनरत रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।