पोखरामा कारको ठक्करबाट मृत्यु भएका दुई मध्ये एकको अझै पहिचान भएन


     एभरेस्ट आवाज    
     पौष ११ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा कारको ठक्करबाट मृत्यु भएका दुई जना मध्ये एक जनाको अझै पहिचान भएको छैन । सोमबार राति करिव १ बजे पोखरा ५ पस्र्याङमा तिव्र गतिमा पछाडीबाट आएको बा १३ च ३७२१ नं. को कारले ठक्कर दिदा दुई जनाको मृत्यु भएको मध्ये एकजनाको अझै पहिचान नभएको हो ।

मृतकमध्ये एकजना बाग्लुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखरा नदीपुर बस्ने बर्ष २० को ढालेन्द्र छन्त्याल रहेका छन् । अन्दाजी ३०र३५ वर्षका उनी करिव ५.३ फिट उचाई,कालो कपाल,हरियो ज्याकेट,रातो टिसर्ट,खैरो हाईनेक र निलो जिन्सपाईन्ट लगाएको उक्त हुलिया भएका कहिकसैले पहिचान गरेमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खवर गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीका अनुसार मृत्यु भएको आज तिन दिन वितिसक्दा पनि कोहि आफन्तले खोजी गर्न नआएपछि उनको शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

मृतक ढालेन्द्रका सालो नाता पर्ने लालबहादुर छन्त्यालका अनुसार तीन जना नदिपुरबाट लेकसाइडतर्फ क्रिसमस ईभ रमाइलो हेर्न भनी हिँडेर जाँदै थिए । बाग्लुङ बसपार्कमा आइपुग्दा अर्का एक युवकले चुरोट सल्काउन भन्दै लाइटर मागे । उनीहरुसँग लाइटर थिएन । त्यसपछि गफ गर्दै जिरोकिमि तर्फ अघि बढे ।

लालबहादुर र अर्का भिनाजु पर्ने प्रशान्त छन्त्याल १० मिटर जति अघि थिए । ढालेन्द्र र लाइटर माग्ने युवक पछि पछि गफिँदै हिँडिरहेका थिए । त्यसैबेला पछाडिबाट बुलेट ट्रेन जस्तो गतिमा आएको कारले ठक्कर दिएको सीसीक्यामेरा फुटेजमा देखिन्छ ।

दुई पैदल यात्रीलाई ठक्कर दिने व्यक्ति कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. २ खादरजुङ्ग घर भएका ३२ वर्षका भक्तराम गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुरुङ सिंगापुरे पुलिस रहेको पाईएको छ भने उक्त कार गुरुङले भाडामा लिएको बुझिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।