सहारा क्लब हङकङ सल्लाहकार बरिष्ठ कानुन व्यवसायी देव गुरुङद्वारा निरन्तर सहयोग


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित




पोखरा । सहारा क्लब हङकङका सल्लाहकार बरिष्ठ कानुन व्यवसायी देव गुरुङले सहारा क्लब पोखराको २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपलाई आर्थिक सहयोग गरेका छन् । पोखरा लामाचौर स्थायी घर भई हाल हङकङ बस्दै आएका गुरुङ समाजसेवीको रुपमा चिनिन्छन् । उनले क्लबलाई निरन्तर सहयोग गर्दै आएका छन् ।
२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप तयारी हुँदै गर्दा पोखरा आएका बखत उनले ५१ हजार नगद प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरे । सो अवसरमा उनलाई क्लबले स्वागत तथा सम्मान गरेको छ । सहारा क्लब हङकङका सल्लाहकार देव गुरुङले प्रतियोगिताका लागिसहित सहारा एकेडेमी तथा सहारा अक्षयकोषमा पनि निरन्तर सहयोग गर्ने गर्छन् । खेलप्रेमी एवं दोहोरीगायनका सौखिन समेत रहेका उनले सहारा एकेडेमीका लागि समग्रमा करिब ७ लाख आर्थिक सहयोग गरिसकेका छन् । गुरुङले सहारा क्लबको सहयोगार्थ हङकङमा चांडै सहारा सांझको आयोजना गर्न प्रस्ताब गर्दै कलाकारको आतेजाते टिकटकालागि आफूले स्पोन्सर गर्ने घोषणा समेत गरेका छन् ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित उक्त फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् । नेपालमा झण्डै साढे दुई दशकसम्म निरन्तर आयोजना हुने प्रतियोगितामा आहा रारा पोखरा गोल्डकप एकमात्र हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।