प्रतिस्पर्धात्मक खेलमा रुपा १ विकेटले विजयी


     एभरेस्ट आवाज    
     पौष १२ गते २०८० मा प्रकाशित




पुस १२ पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा टिम बगेनासमाथि रुपाले १ विकेटको जित निकालेको छ ।

पहिला व्याटिङ गरेको बेगनासले ३८.२ ओभरमा १५९ रनमा अलआउट भएको थियो । बेगनासको तर्फबाट अभिषेक बस्नेतले ८७, रोहित चन्दले २६ जोडे । रुपाका बलर अन्जन केसीले ३ तथा सिब्रिन श्रेष्ठ र महेश खत्रीले समान २ विकेट लिए ।

जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको रुपाले ३४.१ ओभरमा ९ विकेट गुमाउँदै जित हाता पार्यो । रुपाका व्याट्स्म्यानहरु सुदिप पौडेलले ३४, महेश खत्रीले २५ रन बनाए । बेगनासका बलरहरु कृष्ण पौडेलले ५, रोहि चन्दले २ विकेट लिए । खेलमा रुपाका महेश खत्री प्लेयर अफ द म्याच भए । उनलाई कास्की जिल्ला क्रिकेट संघका उपाध्यक्ष दीपेन्द्र प्रताप चन्दले पुरस्कृत गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।