पोखरा । पोखरा-१४ स्थित काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पस ३३ औं बर्षमा प्रवेश गरेको छ ।
क्याम्पसको ३२ औँ बार्षिकउत्सव क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा र विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको क्याम्पसले जनाएको छ ।
विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले कालिकालाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमा बोल्दै प्रा. डा. अधिकारीले भने, अब विद्यार्धीको मुल्याङकन गर्न म कपि काट्छु, परिक्षामा नम्बर दिन्छु ,मैले पढाएको वास्तवका बुझेका छन कि छैनन ? कस्ले कप्लेन गर्छ ? भन्दै शिक्षामा गुणस्तर बढाउन राज्यले यस्तो सिस्टम बनाउनु पर्ने बताए । अधिकारीले विद्यार्थीमा भएको सीप लाई पनि मुल्यांकन गरि तेस्को पनि नम्बर सैद्धान्तिक नम्बर मा जोडीनु पर्ने उल्लेख गरे ।
देशभरका क्याम्पसमा विद्यार्धी घटदै जानुमा विश्वविद्यालय स–सानो बिषयमा चुकेको बताउदै उनले समयमै भर्ना , परिक्षा र नतिजा प्रकाशन मात्रै भएमा शिक्षा क्षेत्र सुधार हुने बताए । उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा क्याम्पसले जोड दिनुपर्ने बताए ।
क्याम्पस संचालक समितिका अध्यक्ष किरण केसी ले क्याम्पस लाई सुबिधा सम्म्पन सामुदायिक क्याम्पसको रूपमा स्थापित गराइ क्याम्पस बाट उत्पादन भएको जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन लागी परेको बताए
क्याम्पस प्रमुख विरन्जी गौतमले क्याम्पसको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कालिका बहुमुखी क्याम्पसले QAA को प्रमाणपत्र प्राप्त गरि क्याम्पसलाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन र बजारले माग गरेको गुणस्तरीय शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अनुदान आयोग अन्र्तगत EQAAC ले निर्धारण गरेका सम्पुर्ण मापदण्डहरु पुरा गरि स्वअध्ययन प्रतिवेदन (Self Study Report र PRT ) ले स्थलगत निरिक्षणका कम्रमा दिएका सुझावहरुको अन्तिम च्भकउयलकभ च्भउयचत विश्वविद्यालय अनुदान आयोगमा बुझाइएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए ।

क्याम्पसको ३२ औँ बार्षिकउत्सवको अवसरमा जर्नल समेत प्रकाशन गरेकोे छ । उक्त कायक्रममा क्याम्पस द्वारा प्रकाशन हुँदै आएको अनुसन्धान मुलक जर्नल Kalika Journal of Multidisciplinary Studies -(KJMS) प्रमुख अतिथि विश्वविद्याल अनुदान आयोगका अध्यक्ष प्रा. डा.देवराज अधिकारीकोद्वारा बिमोचन गरिएको हो ।
प्रध्यापक वीर बहादुर बुढाथोकीले क्याम्पसको ३२ औँ बार्षिकउत्सवको अवसरमा शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पस संरक्षकको प्रतिनिधित्व गदै डा. कृष्णा केसी, क्याम्पसका पुर्व क्याम्पस प्रमुख वालकृष्ण शर्मा , निवर्तमान क्याम्पस प्रमुख तथा प्रध्यापक संघका सभापति रबिन्द्रनाथ बास्तोला, पब्लिक क्याम्पस संघ गण्डकीका संयोजक रिषिराम बुढाथोकी , सिनेटर रिषि काफ्ले, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठ लगायतले बोलेका थिए ।
यसैबिच वार्षिकोत्सवको अवसरमा बिद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए । वार्षिकोत्सवको अवसरमा क्याम्पसले विभिन्न अतिरिक्त क्रियाकलापहरुको आयोजना गरेको थियो । सो अवसरमा क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । क्याम्पसले उत्कृष्ट अङक ल्याउने जेहेनदार विद्यार्थीहरुलाइ छात्रवृत्ति समेत प्रदान गरेको छ ।


कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस संचालन समितिका उपाध्यक्ष तथा पो.म.न.पा. वडा नं १४ का वडा अध्यक्ष बोधबहादुर कार्की र सञ्चालन सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना गरेका थिए ।
हाल कालिका बहुमुखी क्याम्पसमा स्नाकोत्तर, स्नातक र प्लस टु तर्फ गरि ९ वटा शैक्षिक कार्यक्रमहरुमा १७८५ विद्यार्थी अध्यनरत रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







