ट्रम्पको ट्वीटर एकाउन्ट सधैंका लागि बन्द


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित




ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट सधैँका लागि बन्द गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमकाअनसार साम्प्रदायिक र जातिय हिंसालाई प्रश्रय दिने जोखिम बढेको भन्दै ट्रम्पको ट्वीटर खाता स्थायीरूपमै बन्द गरेको हो।

केही दिनअघि मात्र ट्रम्पले अमेरिकी संसद्मा हिंसा भड्काउने किसिमको भिडियो अपलोड गरेका थिए।

‘हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्वीटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले उनको एकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ,’ ट्वीटरले लेखेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।