पोखरा । बिरौटा बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बर्तमान अबस्थामा सहकारीहरुको समस्या, समाधान तथा चुनौती र नेपालको आर्थिक विकासमा सहकारीको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा पोखरा १७ का विद्यालयका विद्यार्र्थी विच वक्तृत्वकला प्रतियोगित गराइएको हो ।
प्रतियोगितामा ११ विद्यालयका विद्यार्थीको सहभागीता थियो । प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङकी अंकिता भण्डारी प्रथम, हिमालयन बोर्डिङ स्कुलकी आलिस्मा पनेरु द्वितीय, बालोदय बोर्डिङ्गकी एलिसा भुसाल तृतीय र छोरेपाटन माविकी श्रेया लामिछाने सान्त्वना भएको सहकारीले जानकारी जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय तथा सान्तवनालाई क्रमश ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद, मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको बताइएको छ ।
कार्यक्रममा वेस्ट पोइन्ट बोर्डिङका संस्थापक नवीन बरालले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थर्हीरूको बोल्ने बानीको विकास साथै सहकारीसम्बन्धी विद्यार्थीमा ज्ञान बढ्ने हुने हँुदा यस्तो कार्यक्रमलाई नियमितता दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष टीकाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धु्रव अधिकारीले स्वागत र सचिव ओमप्रकाश बरालले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







