फस्ट तेक्वान्दो पोखरा ओपन ईन्भेटेश्नल च्याम्पियसिप पोखरामा जारी


     एभरेस्ट आवाज    
     पौष १५ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा पहिलो पटक आयोजना गरिएको खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता जारी रहेको छ ।

अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा हिजोदेखि सुरु भएको प्रतियोगितामा लम्जुङ ,कास्की , तनहुँ , स्याङजा ,बाग्लुङ , पर्वत , म्याग्दी लगाएतका १८ ओटा दोजाङ सहित करिव ३ सय खेलाडीहरु सहभागि रहेको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिएका छन् ।

उनका अनुसार २६ ओटा बिधा मध्ये अहिलेसम्म ११ बिधा सम्पन्न भैसकेका छन् ।आज सकिने खेलमा अहिले बाँकी खेलहरु भैरहेका छन् ।

खेल पर्यटन मार्फत पोखरालाई प्रवद्धन गर्ने,प्रतिभावान खेलाडीहरुको पहिचान, खेलाडीहरुको थप स्तर अभिवृद्धि
तथा कदर गर्ने,सफल तथा असल खेलाडी बन्ने हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न गरिएको
आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।