‘जनजनमा माओवादी अभियान अब पनि निरन्तर हुनुपर्छ ’


     एभरेस्ट आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित




पोखरा । ‘जनजनमा माओवादी घर घरमा माओवादी बिशेष रुपान्तरण अभियान’ निरन्तर सञ्चालन गर्नुपर्नेमा कास्कीको रुपा गाउँपालिकामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सोमबार रुपा गाउँपालिकाको जनजनमा माओवादी अभियानको समापन कार्यक्रममा बोल्दै केन्द्रीय लेखा समिति सदस्य झलकपाणी तिवारी बिगतमा भन्दा पाटीका नेताहरु रुपान्तरण भएको बताउँदै निरन्तर जनताको घरमा जानुपर्ने बताए । उनले अहिलेको यो अभियान कार्यकर्ताहरुसँग जोडिएको भन्दै जनतासंगै जोडिने गरि जानुपर्नेमा जोड दिए । उनले भने, ‘पछिल्लो समयमा संस्थागत रुपान्तरणमा रहेको, अहिलेसम्म जनतासंग छुटेको अभियानले जोडिने काम भएको उनको भनाई छ । उनले यो कार्यक्रम जनतासंग निरन्तर जोडिनुपर्ने बताए ।’

कार्यक्रममा केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ पहिला जस्तै पार्टी बनाउनको लागि अभियान सञ्चालन भएको बताए ।

प्रदेश सचिवालय सदस्य विश्व प्रकाश लामिछाने अभियानको मुख्य उद्देश्य जनताको घरमा नेता जाने योजना रहेको बताए । अभियान समाजवादी क्रान्ति तिर उन्मुख भएको बताए ।

अध्यक्ष राजकुमार घिमिरे अभियान सकरात्मक भएको भन्दै यो अभियान संचालन गर्नुपर्ने धारण राखे ।

कार्यक्रममा रामचन्द्र खनाल, सन्तबहादुर भुजेल, एसबहादुर गुरुङ, सत्यराज सुवेदी लगायतले भनाइ राखेका थिए । भदौ १६ गतेदेखि सुरु भएको अभियान ४ महिना निरन्तर चलिरहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।