पुस १९ पोखरा । बगर भाईखलकको आयोजनामा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आगामी माघ तेश्रो सातादेखि पोखरामा हुने भएको छ ।
१३ औं बगर भाईखलक तथा दोश्रो हिमालयन अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता आगामी माघ २१ देखि २७ गतेसम्म टुँडीखेलस्थित राष्ट्रिय मा.वि.को खेल मैदानमा सञ्चालन गरिने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
संस्थाले प्रतियोगितालाई सफल बनाउन उपाध्यक्ष इश्वरमान गुरुङको संयोजकत्वमा विभिन्न १४ वटा उपसमिति गठन गर्दै तयारीलाई अगाडी बढाएको अध्यक्ष गुरुङले बताए ।
यसअघि ४० वर्ष माथि उमेर समूहकाविच मात्रै प्रतिस्पर्धा हुँदै आएकोमा यस पटकदेखि ५० प्लस, र ६० प्लस उमेर समूहविच प्रतियोगिता सञ्चालन गरिने संस्थाले जनाएको छ । यस्तो उमेर समूहविच हुने प्रतिस्पर्धा नेपालमै पहिलो पटक हुने संस्थाले दाबी गरेको छ ।
प्रतियोगितामा पोखरासहित युके , देहरादुन, कलकत्ता, काठमाण्डौ, ललितपुर, हेटौंडा, चितवन, बुटवल, सिमरा, नवलपरासी, बिरगञ्ज लगायतगरि करिब ३० टिमका भेट्रान खेलाडिहरु बिच रोमन्चकारी भिडन्त हुने आयोजकले जनाएको छ ।
संस्थाले “स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम” भन्ने मूल नारालाई आत्मासात गरि विगत २०६८ साल देखि प्रतियोगिता आयोजना गर्दै आईरहेको छ । प्रतियोगितालाई हिमालयन बु्रअरी प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ ।सह–प्रायोजकमा प्रदेष खेलकुद परिषद गण्डकी, बगर भाइखलक युके र पोखरा महानगरपालिका रहेको छ । विशेष सहयोगी संस्थामा सहारा युके, पोमनपा वडा न १ को कार्यालय, कृषि बिकास बैंक र सफल दुध रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







