बडादशैंको सातौं दिन फुलपाती भित्राउँदै
नेपालीको महान पर्व बडादशैंको आज सातौं दिन, महासप्ती । बडादशैंको आजको दिनलाई फूलपाती भनिन्छ । घटस्थापनादेखि नै दशैं भित्रिएपनि आजदेखि दशैंको मुख्य दिनहरु शुरु हुन्छ । दशैंमा महासप्तमी, महाअष्टमी, महानवमी र बिजयादशमीलाई विशेष मानिन्छ ।
बडादशैंको सातौ दिन अर्थात महासप्तमीको दिन आज देवी कालरात्री स्वरुपा दुर्गा भवानीको विशेष पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको सातौं स्वरुप कालरात्रीको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौवटा स–साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापितगरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने परम्परा रहेको छ ।
कृष्ण वर्ण अर्थात कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरवार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने देवीका रुपमा परिचित कालरात्री स्वरुपा दुर्गा भवानीको पूजा गर्ने गरिएको हो । यी देवीले भुँईमा झरेको हरेक थोपा रगतबाट पूर्नजीवन पाउने रक्तविज नामक दैत्यको संहार गरेकी थिईन् त्यहि भएर यीनको पूजा गर्ने गरिएको जनविश्वास रहिआएको छ ।
आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित फूलपातीु भित्राउने चलन रहेको छ । पहिले पहिले राजतन्त्रकालीन समयमा गोरखाबाट काठमाडौं दशंै घरमा फूलपाती भित्राउने चलन रहेपनि हाल उक्त चलन हटिसकेको छ । आजको दिन कालरात्री देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गर्नेगरिन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्कीको अन्नपूर्ण गाउँपालिकाले शुरु गरेको बिपद ब्यवस्थापन कोषमा तमु धिं नेपालले ३…





